• २०८१ कार्तिक ५ सोमबार

भारतको राजस्थानमा बस र अटो ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

kharibot

काठमाडौँ । भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ ।

शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकहरू सबै बारीका बासिन्दा रहेको र सर्मथुरा क्षेत्रको बरौली गाउँमा विवाह समारोहमा सहभागी भई अटोमा फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै