• २०८१ कार्तिक ५ सोमबार

रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्धा दायर 

kharibot

काठमाडौँ । बलिवुडका निर्देशक एवं कोरियोग्राफर रेमो डिसुजा र उनकी श्रीमती लिजेल डिसुजाविरुद्ध महाराष्ट्रमा १२ करोड ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । मुम्बईमा डिसुजा दम्पतिसहित अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जानकारी दिएको छ ।

मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो । रेमो, लिजेल र पाँच जनाविरुद्ध उजुरीकर्ता र उनको समूहलाई सन् २०१८ र जुलाई २०२४ को बीचमा कथित रूपमा ठगी गरिएको उल्लेख छ । उक्त समूहले टेलिभिजन कार्यक्रममा प्रस्तुति दिएर जितेको र आरोपितले उक्त समूह आफूकै भएको भन्दै १२ करोड पुरस्कार रकम दाबी गरेको बताइएको छ ।

रेमो डिसुजा २००९ देखि कैयौं डान्स रियालिटी शोमा जज पनि छन् । उनी डान्स इन्डिया डान्स, झलक दिखला जा, डान्स के सुपरस्टार्स, डान्स प्लस, डान्स च्याम्पियन्स, इन्डियाज बेस्ट डान्सर, डीआईडी लिटिल मास्टर र डीआईडी सुपर मोम्स जस्ता कार्यक्रमहरूमा निर्णायक भइसकेका छन् । २०१८ र २०२४ को बीचमा, उनले डान्स प्लस, इन्डियाज बेस्ट डान्सर, हिप हप इन्डिया र डान्स प्लस प्रो जस्ता कार्यक्रमहरू होस्ट गरेका छन् ।

रेमो आफ्नो प्राइम भिडियो फिल्म 'बी ह्याप्पी' को रिलिजको तयारीमा छन्, जसमा अभिषेक बच्चन र इनायत वर्मा मुख्य भूमिकामा छन् । रेमोद्वारा निर्देशित र लिजलद्वारा निर्मित यो फिल्म एकल पिता र उनकी छोरीको कथा हो । फिल्ममा नोरा फतेही, नस्सर, जोनी लिभर र हरलिन सेठीको पनि अभिनय रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै