• २०८१ कार्तिक १ बिहीबार

न्यूजील्याण्डविरुद्ध भारत ४६ रनमा अल आउट

kharibot

काठमाडौँ । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स भएको छ । बर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारत पहिलो इनिंगमा करबल ४६ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारत ४६ रनमा अल आउट हुदै टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्मको तेस्रो कम टोटलमा अल आउट भएको छ  । यस अघि भारत२०२० मा अस्ट्रेलियाविरुद्ध ३६ रनमा अल आउट भएको थियो भने १९७४ मा इङल्याण्डविरुद्ध ४२ रनमा अल आउट भएको थियो । यी दुवै टेस्टको तेस्रो इनिंगमा कम रन बनेको थियो भने पहिलो इनिंगमा कम रन बनेको यो नै पहिलो पटक हो ।

यस खेलमा ऋषव पन्तले सर्बाधिक २० रन बनाएका थिए भने यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र आर आश्विन शुन्यमा आउट भएका थिए । त्यस्तै कुलदीप यादव २, जसप्रित बुमराह १ र मोहमद सिराजले ४ रन बनाएका थिए ।  

भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम पिटरले ४ विकेट तथा टिम साउथीले एक विकेट लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै