• २०८१ असोज २१ सोमबार

तातोपानी जाने सडक लार्चामा ह्युमपाइप राखेर सडक खुलाइयो

kharibot

रसुवा । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध भएको अरनिको राजमार्गको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।भोटेकोशी नदीमा जलसतह घटेसँगै ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको सांसद मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी रहेको छ ।

लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको बताइएको छ ।

भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।

तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै