काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै अपराहन्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान साँढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशा वारेमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी आज बिहान साढे ११ बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।