• २०८१ असोज १७ बिहीबार

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

kharibot

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौहतट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै