• २०८१ असोज १७ बिहीबार

महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो

kharibot

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो ।

योसँगै काठमाडौँले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै