• २०८१ असोज १५ मंगलबार

एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौँ ३-१ सेटले विजयी 

kharibot

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा काठमाडौँले चितवनलाई ३-१ सेटले पराजित गरेको हो ।

पहिलो सेटमा २५-२१ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै त्यसपछि तिनै सेट लगातार जितेको थियो । काठमाडौँले दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो ।

यो काठमाडौँको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेलमा जित हासिल गरेको चितवनले दोस्रो खेलमा हार बेहोरेको छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै