• २०८१ असोज १३ आइतबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट

kharibot

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोंग बीच  जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

आइतबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै