• २०८१ असोज १२ शनिबार

हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको इजरायलको दाबि

kharibot

काठमाडौँ । इजरायलले हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएको दाबि गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएको दाबि गरेको हो ।

यद्यपी हिज्बुल्लाहले अहिलेसम्म मृत्युको पुष्टि गरेको छैन । नसरल्लाह सन् १९९२ देखि इरान समर्थित संगठन हिजबुल्लाहका सदस्य थिए। उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए । मिडिया रिपोर्टका अनुसार इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको । 

इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ। इजरायली सेनाले भनेको छ कि हिजबुल्लाहले इजरायलमा आक्रमण गर्न यी ठाउँहरू प्रयोग गरिरहेको छ ।

यसअघि इजरायलले हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबि गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै