• २०८१ असोज ११ शुक्रबार

कमिन्दुको कीर्तिमानी ब्याटिंग सँगै न्यूजिल्याण्डविरुद्ध श्रीलंकाको उत्कृष्ट शुरुवात

kharibot

काठमाडौँ । श्रीलंका ब्याट्सम्यान कमिन्दु मेन्डिसले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

कमिन्दुले न्यूजिल्याण्डविरुद्धको जारी दोस्रो टेस्टमा अर्धशतक बनाउदै आफु खेलेका आठ टेस्ट खेलमा नै अर्धशतक प्रहार गर्ने नयाँ किर्तिमान बनाएका छन् । टेस्ट क्रिकेटमा यस अघि कुनै पनि ब्याट्सम्यानले यस्तो गर्न सकेका थिएनन् ।

कमिन्दुले पहिलो दिनको खेल सकिदा ५१ रन बनाएर अविजित रहेका छन् । श्रीलंकाले टस जितेर ब्याटिंग गरेको यस टेस्टको पहिलो दिन ३ विकेट गुमाएर ३०६ रन बनाएको छ । श्रीलंकाका एन्गोलो म्याथ्युज ७८ रन बनाएर खेलिरहेका छन् । यस टेस्टमा दिनेश चान्डिमलले ११६ रनको शतकीय पारी खेलेका थिए भने दिमुथ करुनारत्ने ४६ रन बनाएर आउट भएका थिए ।

२ खेलको टेस्ट सिरिजमा पहिलो खेल जितेको श्रीलंकाले दोस्रो खेलमा पनि शानदार शुरुवात गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै