• २०८१ असोज ७ सोमबार

अन्तिम खेलमा दक्षिण अफ्रीका विजयी, सिरिजमा अफगानिस्तानको कब्जा 

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तान ३४ ओभरमै अल ओत हुदै १६९ रन बनाएको थियो ।

यो खेलमा हार बेहोरेपछि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको यो एकदिवसीय सिरिज २-१ जितेको छ । अफगानिस्तानले पहिलो पटक यसै खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो भने पहिलो सिरिज समेत जितेको छ ।

यस सिरिजको प्लेयर अफ द सिरिज अफगानिस्तानका रहमनुल्लाह गुरबाज बनेका छन् । उनले यस सिरिजमा एक शतक र एक अर्धशतक बनाएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै