• २०८१ असोज ७ सोमबार

चीन गएका रास्वपाका १० नेताहरु तत्काल स्वदेश फर्किने

kharibot

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू आकस्मिकरूपमा नेपाल फर्किने भएका छन् ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १० दिने भ्रमणका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको हल्लापछि स्वदेश फर्किने भएका हुन् । उनीहरुलाई तत्काल स्वदेश फर्किन पार्टी सभापति लामिछानेले निर्देशन दिइसकेको बताइएको छ । आइतबार साँझ पार्टी कार्यालयमा शिर्ष नेताहरुको बैठकले चीन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाउने निष्कर्ष निकालेको थियो ।

उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

टोलीमा पार्टी उपसभापति डा. वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै