Skip This
  • २०८१ असोज ३ बिहीबार

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेसन आगामी बैशाखमा हुने

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी बैशाखमा गर्ने भएको छ ।

सभापति रवि लामिछाने बुधबार सम्पन्न पहिलो राष्ट्रिय भेलामा आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै महाधिवेसनको मिति प्रस्ताव गरेका हुन् ।

उनले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् भने उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् । 

राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गरिएको थियो । ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलमै नलागेर पारित गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै