काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत क्यानडाविरुद्ध खराब शुरुवात गरेको छ ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले दुवै ओपनर सहित तीन विकेट गुमाएको छ ।
नेपालका ओपनर आसिफ सेख २ तथा अर्जुन साउद १० रन बनाएर आउट भएका छन् भने भिम सार्की ४ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ८ ओभरमा ३ विकेट गुमाएर २० रन बनाएको छ ।