Skip This
  • २०८१ असोज ३ बिहीबार

बराबरीमा रोकियो इन्टर मियामी

kharibot

काठमाडौँ । अमेरिका लिग सकर अन्तर्गत इन्टर मियामी बराबरीमा रोकिएको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा इन्टर मियामीका लागि डेभिड रुइज र लियोनार्दो काम्पानाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि साबा लोब्जहानिडज र अलेक्सेई मिरान्चुकले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २९ खेलमा ६३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एटलान्टाको भने २९ खेलमा ३२ अंक रहेको छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै