• २०८१ असोज ७ सोमबार

क्यानडाविरुद्ध नेपालको खराब शुरुवात, तीन विकेट गुमायो

kharibot

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत क्यानडाविरुद्ध खराब शुरुवात गरेको छ । 

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले दुवै ओपनर सहित तीन विकेट गुमाएको छ ।

नेपालका ओपनर आसिफ सेख २ तथा अर्जुन साउद १० रन बनाएर आउट भएका छन् भने भिम सार्की ४ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ८ ओभरमा ३ विकेट गुमाएर २० रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै