• २०८१ बैशाख १७ सोमबार

लिग-२ मा क्यानडाको शानदार शुरुवात, लगातार चार खेलमा विजयी

kharibot

काठमाडौं । क्यानडाले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा शानदार शुरुवात गरेको छ । युएईमा सम्पन्न पहिलो सिरिजका चारै खेल जितेर लिग-२ मा शानदार शुरुवात गरेको हो ।

क्यानडाले युएई र स्कटल्याण्डलाई २-२ खेलमा पराजित गर्दै लगातार चार खेलमा जित हासिल गरेर लिगमा ८ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ ।

क्यानडाले लिग-२ को पहिलो खेलमा युएईलाई ३ विकेटले पराजित गरेको थियो  भने दोस्रो खेलमामा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा युएईलाई ८ रनले परजित गरेको थियो भने आज सम्पन्न चौथो खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

आज सम्पन्न चौथो खेलमा स्कटल्याण्डले दिएको १९८ रनको लक्ष्य पछाएको क्यानडाले हर्ष ठाकुरको शतकमा ४५.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

त्यस्तै स्कटल्याण्डले लिग-२ का ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ भने युएईले लिग-२ का तिनै खेलमा हार बेहोरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै