• २०८१ असोज १ मंगलबार

मेसी बिना चिलीमाथि अर्जेन्टिनाको सहज जित

kharibot

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक एक गोल गरेका थिए । अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी भने इन्जुरीका कारण टिम बाहिर रहेका छन् ।

यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैठौं जित हासिल गर्दै १८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो । चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै