• २०८१ असोज १ मंगलबार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ ।

जसमा मोरङ, सुनबर्षी नगरपालिका-६ खिर्कीडाँगीस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय २० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका-८ विश्वकर्मा टोल बस्ने २२ वर्षीय अप्सर आलम र सोही नगरपालिका-८ हर्चनगढी बस्ने २८ वर्षीय प्रदिप कुमार राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथ डाइनियाबाट अमरदहतर्फ जाँदै गरेको मे.६ प १८२८ नम्बरको स्कुटरमा आएका २ जना व्यक्तिहरूले झोला फाली फरार भएपश्चात् झोला तलासी गर्दा प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको थियो । साथै फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा स्कुटर चालक अप्सर आलम र स्कुटरमा सवार प्रदिप कुमारलाई आ-आफ्नो घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-२ बस्ने २७ वर्षीय जोशन चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.६ प ७४६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै