• २०८१ असोज १ मंगलबार

राष्ट्रपति पौडेलबाट काश्य पदक विजेता पलेशालाई सम्मान

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै, उनले प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिएका छन् । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचों पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पलेशाले पेरिस पारालम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काश्य पदक जितेकी थिइन् ।

उनी आजै बिहान काठमाडौँ फर्किएकी हुन् । पलेशालाई राष्ट्रिय खेलकुद परिषदले विमानस्थलबाट दशरथ रंगशालासम्म भव्य स्वागत गर्दै नगर परिक्रमा समेत गराएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै