• २०८१ असोज १ मंगलबार

अमेरिकामा अर्का नेपाली मृत फेला

kharibot

काठमाडौँ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् ।  उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बताइएको छ । 

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै