• २०८१ भदौ २८ शुक्रबार

हत्या गरेको अभियोगमा पक्राउ

kharibot

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ डाडाँगाउँ बस्ने ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय दलविर सिर्पालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा दलविरले धारिलो हतियार प्रहार गर्दा बिना कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट धारिलो हतियार दाउ, हँसिया र बञ्चरो फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै