• २०८१ असोज १ मंगलबार

एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

kharibot

डडेलधुरा । डडेल्धुराको आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ फल्ले खर्क बस्ने ५१ वर्षीय बिर बहादुर कुँवर र ४३ वर्षीय कर्ण बहादुर कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै