• २०८१ असोज १ मंगलबार

हिमालयन बैंकको शाखा स्थानान्तरण, बालाजु शाखा संचालनमा

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट श्रावण २१ गतेदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ । 

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम,  ६,५०० भन्दा बढी पिओएस टर्मिनल्स  र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै