• २०८१ असोज १ मंगलबार

हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबि

kharibot

काठमाडौँ । इरानमा हत्या गरिएका हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

बुधबार इरानको तेहरानस्थित एक गेस्ट हाउसमा मारिएका इस्माइल बस्ने गेस्ट हाउसमा दुई महिना अघि नै बम राखिएको अमेरिकी मिडिया सीएनएनले आफ्नो स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ ।

इरान र हमास दुवैले इस्माइलको हत्यामा इजरायलको योजना रहेको जिकिर गरेपनि इजरायलले यस विषयमा न त अस्वीकार नै गरेको न त खण्डन नै गरेको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।

हमासका राजनीतिक चेहेरा रहेका इस्माइलको हत्यापछि इजरायल र हमासको जारी युद्ध अर्को चरणमा पुग्ने अनुमान गरिएको छ । इरानले इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि इजरायल सतर्क अवस्थामा रहेको छ भने अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा इजरायललाई पूर्ण साथ दिने घोषणा गरिसकेको छ ।

यसअघि इस्माइलको हत्या रकेट प्रहारबाट भएको भनिएपनि मिडिया रिपोर्टमा दुई महिना अघि नै गेस्ट हाउसमा राखिएको बम विष्फोटबाट भएको दाबि गरिएको छ ।

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिदै आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै