• २०८१ असार १७ सोमबार

पार्टी ठुलो भएकाले पदाधिकारी संख्या बढ्यो- अध्यक्ष नेपाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी ठूलो भएका कारण पदाधिकारीको संख्या बढेको बताएका छन् । आइतबारबाट सुरु हुने पार्टीको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले भने- ‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन ।'

उनले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता–कार्यकर्ताको चाहना रहेको बताउदै कसैले कसैलाई भेटेको विषयलाई गुटबन्दी भन्न नहुने बताए ।

उनले भने- ‘कहाँ–कहाँ भेला भइरहेको छ ? अनि, भेला नभएर के गर्छन् त, घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरू हुन्छन् । छलफल हुन्छ । कोही रेस्टुराँमा जान्छन्, कोही होटेलमा जान्छन् । छलफल गर्दछन् । चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटेलका होटेलहरू पनि भरिएका होला । त्यो होटेलमा किन गए भन्नु त भएन । तपाईंहरूको भनाईंको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरू मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ ।’ उनले भने ।

एकीकृत समाजवादीले हालै बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद थप्ने र पदाधिकारीको संख्या २१ जना पुर्याउने निर्णय गरेको थियो । सो निर्णय अहिले आलोचित बनिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै