• २०८१ असार १२ बुधबार

बंगलादेशविरुद्ध नेपालले टस जित्यो, करण केसीको ठाउमा सन्दीप जोरा खेल्दै

kharibot

काठमाडौं । नेपालले बंगलादेशविरुद्ध टस जितेको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । 

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ ।  नेपालले करण केसीको ठाउमा सन्दीप जोरालाई प्लेइङ एघारमा सामेल गरेको छ । 

आजको प्लेइङ एघारमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र  अविनाश बोहोरा रहेका छन् । 

नेपाल विश्वकपको समुह चरणमा पुग्न असफल भएपनि यस खेलको नतिजाले सुपर आठमा पुग्ने दोस्रो टिमको टुंगो लगाउने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै