• २०८१ असार १२ बुधबार

श्रीमान श्रीमतीबीच फाटो ल्याइदिए- रेशम चौधरी

kharibot

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्नो श्रीमान श्रीमतीबीच फाटो ल्याइदिएको गुनासो गरेका छन् ।

समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले दलहरुले आफ्नो श्रीमान श्रीमती बीचनै फाटो ल्याइदिएको बताउदै यस्ता दलले विकास गर्न नसक्ने जिकिर गरेका हुन् ।

कार्यक्रममा उनले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको बताउदै श्रीमान श्रीमतीबीच नै फाटो ल्याउन खोजेको आरोप लगाए । उनले भने-  'श्रीमान श्रीमतीबीच फाटो ल्याउन खोज्ने दलहरूले देशको विकास गर्न सक्दैनन् ।' 

उनले आफूलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट आफू रतिभर पनि त्रसित नहुने बताए । 

साथै कार्यक्रममा उनले टीकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन् । उनले टीकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अब उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै