• २०८१ बैशाख १५ शनिबार

निर्वाचन आयोगले दिएन रेशमलाई नाउपाको अध्यक्षको मान्यता

kharibot

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी नेतृत्वलाई अवैधानिक मानेको छ ।

आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको छ । आयोगको बिहीबारको बैठकले रेशम चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गरेको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।

आयोगको निर्णयपछि रेशम चौधरीले आफ्नो पार्टीलाई सिध्याउने खेल भएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्- 

नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेस खान्नौं । पटकपटक न्याय मरेपनि म मरेको छैन । चाल बुझेको थिएँ,बाघचाल हो भन्ने थाहै भएन । बाघ बूढो भएपछि बस्तीमा पस्छ रे,बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न ।
जय नागरिक ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै