• २०८१ जेठ ६ आइतबार

‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा स्वस्तिमा खड्काको इन्ट्री

kharibot

काठमाडौँ । फिल्म ‘छक्का पञ्जा’को तेस्रो सिरिजमा अभिनेत्री स्वस्तिमा खड्काको इन्ट्री भएको छ । 

यतिबेला यो फिल्मको पोखरामा छायांकन चलिरहेको छ । स्वस्तिमाले शनिवारबाट सुटिङ टिमसँग संलग्न भएकी छन् । फिल्मको केही दृश्यसँगै एक गीतमा उनलाई देख्न पाइने निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छन् । 

स्वस्तिमाको इन्ट्री भएसँगै दर्शकमा फिल्मप्रति थप कौतुहलता बढेको छ । 'छक्का पञ्जा २' मा उनले प्रियंका कार्कीको छोरीको भूमिका निर्वाहा गरेकी थिइन् । फिल्मको असार पहिलो साताबाट सुटिङ सकिने बताइएको छ । 

यो फिल्ममा दीपकराज गिरी,  दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । 'छक्का पञ्जा ३' मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् । फिल्म आगामी दशैँको फूलपातीमा रिलिज हुने बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै