• २०८१ श्रावण १२ शनिबार

छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरले आज एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रका लागि संस्थागत विद्यालयले ३ दिनभित्र विद्यार्थीलाई उपलब्ध गराइएको छात्रवृत्ति विवरण नपठाए कालोसूचीमा राखेर कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगरका अनुसार हालसम्म चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी सङ्ख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको छ। जसअनुसार विद्यार्थीको सङ्ख्या १ लाख ४९ हजार ९५० जना छन् । यसमध्येका १८ हजार १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।

अझै पनि केही विद्यालयले विवरण बुझाउन बाँकी छ। यस्ता विद्यालयहरूलाई ३ दिनभित्र https://datacollection.kathmandu.gov.np/ मा विवरण पठाउन मौका सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।

यसपटक तोकिएको अवधिभित्र विवरण नपठाउने विद्यालयहरूलाई ‘बन्द विद्यालयको अभिलेख’ मा राखेर सोहीबमोजिमको कारबाही गरिने महानगरको सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै