• २०८१ असार ४ मंगलबार

दक्षिण अफ्रिकामा ३० बर्षमा मण्डेलाको पार्टी बहुमतबाट चुक्यो, गठबन्धनको सरकार बन्ने

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न असफल भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म ९७.२५ प्रतिशत मत गणना हुदा नेल्सन मण्डेलाको पार्टी अफ्रिकन नेसनल कांग्रेसले सबैभन्दा बढी ४०.१३ प्रतिशत मत पाए पनि सरकार गठनका लागि आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न सकेन ।

अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले बहुमत नपाएका ३० वर्षमा यो पहिलो पटक हो । योसँगै यौन काण्ड र भ्रष्टाचारको आरोपका कारण सत्ता गुमाएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमाको पार्टी तेस्रो स्थानमा रहेको छ । उनले १५ प्रतिशत मत पाएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले किंगमेकरको भूमिका निभाउन सक्नेछन् । ज्याकब जुमाले धेरै क्षेत्रमा एएनसीको मत काटेको बताइएको छ । जसका कारण एएनसीले बहुमत ल्याउन चुक्यो । वास्तवमा, २०१८ मा एएनसीबाट निष्कासित भएपछि, जुमाले २०१९ मा आफ्नै छुट्टै पार्टी एमके बनाएका थिए ।

यो नतिजापछि ३० वर्षमा पहिलो पटक दक्षिण अफ्रिकामा गठबन्धनको सरकार बन्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक गठबन्धन (डीए) ले २१.७२ प्रतिशत मत प्राप्त गरेको छ । वामपन्थी पार्टी इएफएफले अहिलेसम्म करिब ९.३७ प्रतिशत मत प्राप्त गरेको छ । यसपटक दक्षिण अफ्रिकामा सबैभन्दा बढी ७० दल चुनावी मैदानमा उत्रिएका थिए । देशमा करिब २.७८ करोड मतदाता छन् । दक्षिण अफ्रिकाको संसदमा ४०० सिट छन् । कुनै पनि दललाई सरकार बनाउन २०१ सिट चाहिन्छ ।

यदि सत्तारुढ एएनसीले चुनावपछि बहुमत प्राप्त गर्न सकेन भने राष्ट्रपति सिरिल रामाफोसाले अन्य सहयोगीहरूको समर्थन खोज्नुपर्नेछ। यस्तो अवस्थामा देशमा पहिलो पटक गठबन्धन सरकार बन्न सक्छ ।

यस निर्वाचनमा करिब १८ प्रतिशत मत पाएको एएनसीसँग अब दुईवटा मात्र विकल्प बाँकी रहेको विज्ञहरू बताउँछन् । या त उनी भ्रष्टाचारको आरोपमा पार्टीबाट निष्कासन गरिएका ज्याकब जुमासँग सम्झौता गर्छन् वा उनले अति वामपन्थी पार्टी ईएफएफसँग सरकार गठन गर्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै