• २०८१ असार ४ मंगलबार

देउवाले प्रधानमन्त्रीलाई भने- कान्तिपुरले सबैभन्दा बढी मलाई लखेटेको छ, तर लेख्यो भन्दैमा मिडिया नियन्त्रण गर्दा कहाँ पुगिन्छ ?

kharibot

काठमाडौँ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसैको बारेमा लेखेकै आधारमा  मिडियालाई नै नियन्त्रण गर्नेतर्फ नलाग्न सुझाव दिएका छन् ।

दुई दिनअघि देउवाले प्रधानमन्त्री दाहललाई भनेको भनाई उदृत गर्दै कांग्रेस महामन्त्री  थापाले आइतबार प्रेस युनियनको कार्यक्रममा जानकारी गराएका हुन् ।  

'हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले दुई दिन अघि प्रधानमन्त्रीलाई नामै लिएर भन्नुभयो- तपाईंले कान्तिपुर स्थापनादेखि आजसम्मको हेर्नुभयो भने कान्तिपुरबाट सबैभन्दा बढी गाली गरिएको, आलोचना गरिएको, सबैभन्दा लखेटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । तर म लखेटिएको छु, मैले गाली खाएको छु, लखेटिएको गाली खाएको कुराको म आफ्नो ठाउँमा जवाफ दिउँला । तर मलाई लखेट्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न खोजियो भन्ने भने कहाँ पुग्छ ?' देउवाको भनाइ उदृत गर्दै महामन्त्री थापाले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै