• २०८१ असोज १२ शनिबार

प्रधानमन्त्रीलाई राजीनामा दिन प्रभु शाहको सुझाव

kharibot

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री दाहालले यसअघि संघीयता कार्यान्वयन गर्ने भन्दै अब तीन करोडभन्दा तलको योजना संघले नल्याउने भनेर गरेको प्रतिबद्धता अहिलेको बजेटबाट उल्लंघन भएको उल्लेख गर्दै सांसद साहले प्रधानमन्त्री दाहाललाई नैतिक रुपमा पनि पदमा बस्न नमिल्ने सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री दाहालको बोली र व्यवहारमा फरक देखिएको भन्दै राजीनामा मागेका हुन् । 

उनले भने,‘यो बजेट पहुँचवालाको बजेट भएको छ । नेपाली जनताले तिरेको कर होईन र ? हो भने देशभरि बजेट जानुपर्दैन् ? बजेट सबैतिर जानुपर्दैन् ? यसको अन्त्य चाहन्छौं । यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छौं । प्रधानमन्त्रीले त संघीयता कार्यान्वयन गछौं । उहाँले संघमा तीन करोडभनदा कमको योजना रहँदैन भन्नुभएको थियो । म सोध्न चाहन्छु–तपाईंको कुरा चलेको छ कि छैन् ? चलेको छैन भने तपाईं कुन मोरलले त्यहाँ बस्नुहुन्छ ? यदि चलेको हो भने कसरी त्यो कुराको उल्लंघन भयो ? यदि कुनै मन्त्रीले तपाईंको कुरा मानेको छैन भने त्यसलाई बर्खास्त गर्ने हैसियत राख्नुहोस । यदि तपाईं पनि आफ्नो कुरामा टिक्नुभएको छैन भने तपाईं पनि कुर्सीमा मोरल रुपमा बस्न मिल्छ जस्तो मलाई लाग्दैन् ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै