• २०८१ असार ४ मंगलबार

कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु

kharibot

कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो ।

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेका छन् । भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गरेका छन् ।  कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए ।  गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने बताएका छन् ।

कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन्। यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै