• २०८१ असोज ४ शुक्रबार

महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

kharibot

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौंमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको छ ।

अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरु रहेका छन् ।

त्यस्तै देशभरी भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरु अन्तर्गत जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुर्तिवाङ, असार १ गते लालबन्दी र असार ४ गते काठमाडौँको माइतीघरमा जन- प्रदर्शन गर्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै