काठमाडौं । मंगलबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटका लागि उत्तर कोरियाली राष्ट्रपति किम जोंग उन आइतबार सिंगापुर पुगेका छन् ।
रोयटर्सका अनुसार उन केही अघि मात्रै सिंगापुरमा अवतरण गरेको स्थानीय मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको हो ।
आणविक वार्ताका लागि उन त्यहाँ पुगेका हुन् । किम एयर चाइना ७४७ बाट सिंगापुर पुगेका हुन् ।
उन सिंगापुरको सेन्ट रेजिस होटलमा बस्ने बताइएकाो छ ।
उनले साँझ सिंगापुरका प्रधानमन्त्री ली साइनसँग भेटघाट गर्ने सिंगापुरको विदेश मन्त्रालयले जनाएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिंगापुरका प्रधानमन्त्रीसँग सोमबार भेट गर्दै छन् । ट्रम्प पनि आइतबार साँझसम्ममा सिंगापुर पुग्नेछन् भने त्यहाँस्थित शांग्रिला होटलमा ट्रम्प बस्ने बताइएको छ ।