• २०८१ बैशाख १७ सोमबार

सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जनालाई पक्राउ

kharibot

सिङ्गापुर । सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७  जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ– ती संदिग्ध व्यक्तिहरू लगानी, ई–वाणिज्य, ऋण, इन्टरनेट प्रेम र सरकारी अधिकारीको नक्कल लगायत विभिन्न जालसाज गरी १ हजारभन्दा भन्दा बढी घोटाला मामिलामा संलग्न रहेका थिए ।

संदिग्धहरू ठगी, सम्पत्ति शुद्धीकरण वा इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्ने अनुसन्धानमा थिए ।

ती घटनाहरूमा पीडितहरूले १ करोड सिंगापुर डलर (७.४५ मिलियन अमेरिकी डलर) गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धालले देखाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै