• २०८१ बैशाख १७ सोमबार

कुशल भुर्तेल बने सिंगापुरविरुद्धको खेलको प्लेयर अफ द म्याच

kharibot

काठमाडौँ । कुशल भुर्तेल सिंगापुरविरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन् । शानदार ७४ रन बनाएका भुर्तेलले प्लेयर अफ द म्याच बनेसँगै ५० हजार रकम पुरस्कार पाएका छन् । भुर्तेलले यस खेलमा 'बेस्ट शट अफ द डे' को पुरस्कार समेत पाएका छन् ।

सिंगापुरविरुद्ध ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ रन बनाएका भुर्तेलले यसअघि खेलेको त्रिकोणात्मक टी-२० सिरिजमा रन नबनेपछि आफुमाथि दबाब रहेको प्रतिक्रिया दिएका छन् । साथै भुर्तेलले प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले आफूमाथि लगातार विश्वास देखाइरहेको बताए । 

सिंगापुरविरुद्धको खेलमा सन्दीप लामिछानेले बेस्ट डेलिभरी अफ द डे' को अवार्ड पाएका छन् भने सन्दीप जोराले उत्कृष्ट क्याचको अवार्ड पाएका छन् ।

नेपालले यस खेलमा सिंगापुरलाई ८ विकेटले पराजति गर्दै उत्कृष्ट शुरुवात गरेको छ । अब नेपालले मंगलबार मलेसियाविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय