• २०८१ बैशाख १७ सोमबार

सिंगापुरविरुद्ध नेपालको शानदार शुरुवात, भुर्तेलले बनाए अर्धशतक

kharibot

काठमाडौँ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले आक्रामक शुरुवात गरेको छ ।

नेपालका ओपनर आसिफ सेख र कुशल भुर्तेलले आक्रामक शुरुवात गरेका हुन् । यसैक्रममा नेपाली ओपनर कुशल भुर्तेलले आफ्नो अर्धशतक पुरा गरेका छन् ।

भुर्तेलले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । टी-२० क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा कुनै विकेट नगुमाएर ७२ रन बनाएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय