• २०८१ जेठ ५ शनिबार

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान

kharibot

काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ । 

मंगलबार चालु आर्थिक वर्षको उपभोक्ताको मूल्यमा आधारित जीडीपीको प्रक्षेपण गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले यस्तो अनुमान गरेको हो । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो उपभोक्ताको मूल्यमा आधारित जीडीपीको आधार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ अनुमान गरिएको थियो । 

रिपोर्टका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको जीडीपीमा योगदान ३.०५ प्रतिशत रहनेछ भने गैर कृषि क्षेत्रको वृद्धि ३.७५ प्रतिशत रहने छ ।

यसैगरी चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ ।

त्यस्तै राष्ट्रिय लेखा अनुमान अनुसार जीडीपीको ३३.७० प्रतिशत आयात हुने आकलन गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ३४.६८ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ मा ४२.२७ प्रतिशत आयात भएको कार्यालयले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने तथ्यांक कार्यालयको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा जीडीपीको ६.९६ प्रतिशत र २०७८/०७९ मा ६.७० प्रतिशत निर्यात भएको कार्यालये जनाएको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने उल्लेख गरेको छ ।

गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै