• २०८१ बैशाख १८ मंगलबार

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई

kharibot

जुम्ला । जुम्ला रारा अल्ट्रा म्याराथन  प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएको आयोजकले जनाएको छ ।

कर्णाली स्पोर्टस् क्लव जुम्लाद्वारा आयोजित पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथनमा दोस्रो स्थानमा तातोपानी गाउँपालिका–७ का दल कुवर भएका छन् भने कनकासुन्दरी–३ का शेरबहादुर बुढा तेस्रो र कनकासुन्दरी–२ का चन्द रावत चौथो भएको आयोजक क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए । 

सोही दूरीको महिलातर्फको दौडमा भने खोटाङकी प्रिया राई पहिलो, जुम्लाको गुठिचौर गाउँपालिकी राज्यलक्ष्मी रावत दोस्रो, तिला गाउँपालिकाकी अनिता बुढा तेस्रो भएका छन् । 

पहिलो हुने धावकलाई रु एक लाख, दोस्रो हुनेलाई  रु ७५ हजार, तेस्रो हुनेलाई ५० हजार, चौथो हुनेलाई रु २० हजार र पाँचौँ हुनेलाई रु २० हजारपुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । 

म्याराथनमा स्वदेशी र विदेशी गरी ८० धावकहरु सहभागी थिए । जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको  क्लबले जनाएको छ । 

विश्वभर खेल पर्यटनलाई चिनाउनका लागि र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट परिचित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै