• २०८१ बैशाख १८ मंगलबार

देशले अब एउटा परिवारलाई स्थापित गर्दैन- ओली

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले एउटा परिवारलाई स्थापित नगर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालिन नगर अस्पतालको उद्‍घाटन गर्दै ओलीले  राप्रपाको राज संस्था फिर्ता ल्याउने आन्दोलनप्रति लक्षित गर्दै संविधान, परिवर्तन र जनताको सवोच्चता नै नमान्नेले एउटा माली चाहियो भन्दैमा देशले माली वा कुनै परिवारलाई स्थापना नगर्ने टिप्पणी गरेका हुन् । 

उनले केही संविधानको दायराभित्र आएर आाफ्नो माग प्रस्तुत गर्न विभिन्न समूहहरूलाई आग्रह गरेका थिए । ओलीले राजतन्त्रका समयमा जनताको अधिकार खोसिए पनि अहिले गणतन्त्रमा नागरिकको अधिकार सुरक्षित रहेकाले अधिकारभित्र रहेर समस्याको हल गर्न सकिने बताए ।

उनले सामाजिक न्याय-समानता र त्यसबाटोबाट सामाजिक सद्भावका साथै राष्ट्रिय एकता बलियो बनाउदै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्ने बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै