• २०८१ बैशाख २१ शुक्रबार

अहिले बामपन्थी मात्र मिल्ने अवस्था होइन- ओली

kharibot

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच अहिले सहमति र सहकार्य हुने बताएका छन् ।

सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले सत्ता सहकार्य भएको भन्दै तत्काल एकता भने नहुने स्पष्ट गरेका हुन् ।

उनले भने- 'वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्थामात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकांक्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ । अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ । अहिले सहमति र सहकार्य गरेर जाऔं। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै