• २०८१ बैशाख २३ आइतबार

प्रभुु बैंकले थप्यो दुई नयाँ शाखा

kharibot

काठमाडौं । प्रभुु बैंकले थप दुुई वटा शाखा सञ्चालन गरेको छ । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका १ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थित बैंकको सन्दकपुर शाखा कार्यालय  सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईज्यूबाट एक समारोहका बीच उद्घाटन भएको हो ।

त्यसैगरी धनुषा जिल्ला मुखियापट्टी मुसहरिमिया गाउँपालिका वडा नं. ३ स्थित मुखियापट्टी मुसहरमिया शाखा कार्यालय मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले उद्घाटन गरेका हुन् । 

सञ्चालनमा आएका बैंकका सन्दकपुर शाखा कार्यालय र मुखियापट्टी मुसहरमिया शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै