• २०८१ बैशाख २३ आइतबार

प्रभुु बैंकको दुुई अर्ब ३५ करोडको हकप्रद सेयर स्वीकृत

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको दुुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको प्रस्ताव स्वीकृत गरेको छ ।  

बोर्डले बिहिबार बैकलाई हाल कायम रहेको चुक्ता पुंजीको १० बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी दुुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै