• २०८१ बैशाख १८ मंगलबार

घरेलु मैदानमा लिभरपुलको लज्जास्पद हार

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित भएको छ ।

गएराती सम्पन्न युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा एटलान्टाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलान्टाको जितमा गियानलुका स्कामकाले २ गोल गरेका थिए भने मारियो पासालिकले एक गोल गरेका थिए । घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको लिभरपुलले अब दोस्रो लिग भने एटलान्टाको मैदानमा अप्रिल १९ मा खेल्ने छ ।

त्यस्तै गएराती नै सम्पन्न क्वाटरफाइनलको पहिलो लिगका अन्य खेलमा एस रोमाले एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेको छ भने मार्सेलीले बेनिफिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिभर कुसेनले वेस्टह्यामलाई २-० ले पराजित गरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै