• २०८१ बैशाख १८ मंगलबार

‘रोबोट्याक्सी’ सञ्चालन गर्ने मस्कको घोषणा

kharibot

टेक्सास । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन् । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताए । 

टेस्लाले मानव नियन्त्रण नरहने कार बनाउने र टेस्ला कार सफ्टवेयरको माध्यमबाट चालकरहित सवारीलाई प्रोत्साहन गर्दै जाने मस्कले यस पहिले सन् २०१९ मा नै घोषणा गरेका थिए । 

कारहरूले पूर्ण रूपमा स्वायत्त ट्याक्सीको रूपमा सडकमा आवागमन गर्न र विना कुनै मानवीय सहयोग यात्रुहरूलार्ई ट्याक्सी चढाउने र झार्ने गर्नुका साथै राम्रो आम्दानी गर्न सक्ने उनले बताए ।

अप्रिल सन् २०१९ मा टेस्लाले सन् २०२० सम्ममा ‘रोबोट्याक्सी’ सञ्चालन गर्न थाल्ने उहाँले बताउनुभएको थियो । टेस्ला कम्पनीद्वारा उत्पादित स्वायत्त कार ११ वर्ष टिक्ने र १६ लाख किलोमिटरभन्दा बढी चल्ने र यसबाट कम्पनी र कार मालिकले प्रत्येक वर्ष ३० हजार अमेरिकी डलर बराबरको नाफा कमाउन सक्ने उनले बताए ।

यद्यपि कहिलेकाहीँ घोषणा गरिएका काम सोचे अनुरूप पुरा हुन नसक्ने तर यसले कुनै न कुनै दिन सार्थकता पाउनेसमेत उनले बताए । “कहिलेकाहीँ मैले सोचेको काम समयमा नभए पनि मैले सोचेको कुरा कालान्तरमा टेस्ला समूहले गरेको छ,” उनले भने ।

उपभोक्ताहरूले ‘नयाँ टेस्ला मोडल–३’ कारको खरिद मूल्य ४० हजार अमेरिकी डलरमा अतिरिक्त १२ हजार अमेरिकी डलर मूल्य थपेपछि पूर्णरूपमा स्वचालित क्षमताको कार खरिद गर्न सक्ने उनले बताए । 

पूर्ण स्व–ड्राइभिङ क्षमता एक महिनाको १९९ अमेरिकी डलर तिरेर ‘सदस्यता व्यापार मोडेल’ को आधारमा खरिद गर्न सकिने उनले जानकारी दिए । ‘सदस्यता व्यापार मोडेल अनुसार ग्राहकले उत्पादन वा सेवामा पहुँचको लागि नियमित अन्तरालमा पुनरावृत्ति मूल्य तिर्नुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै