• २०८१ बैशाख १७ सोमबार

अनमोल र पुजासँग भिड्ने भयो 'पुजार सार्की'

kharibot

काठमाडौँ । बहुस्टारकास्ट रहेको ‘पूजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने भएको छ । निर्देशक दिनेस राउतले पुजार सार्की जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज गर्ने घोषणा गरेका हुन् ।

योसँगै जेठ १० गते तीन फिल्म भिड्ने भएका छन् । यस मितिमा पुजार सार्कीसहित अनमोलको फर्की फर्की र पुजा शर्माको ‘दान्भी’ भिड्ने भएपछि फिल्म क्षेत्र तरंगित बनेको छ ।

यी तीनवटै फिल्ममा अहिलेका चल्तीका ‘स्टार’ कलाकार रहेका छन् । ‘पूजार सार्की’ मा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । त्यस्तै ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ छन् भने ‘दान्भी’ मा पूजा शर्मा प्रमुख भूमिकामा छिन् ।

जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको विदा रहेको यस साता फिल्म निर्माताले राम्रो फाइदा हुने अनुमान सहित फिल्म रिलिज गर्दै छन् । तर फिल्म विश्लेषकहरुले यहि मात्र कारण नभएर, कलाकारबीचको आपसी दुश्मनी, निर्देशक र निर्मताहरुबीचको आपसी टक्करका कारण तीन ठुला फिल्म भिड्न लागेको बताएका छन् ।

तर जेठ १० नजिकिदै गर्दा तीन मध्ये कम्तिमा एक फिल्म यस मितिमा रिलिज नहुने बताइएको छ । यसमा पुजाको 'दान्भी’को मिति परिवर्तन हुनसक्ने अनुमान गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै